Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : कम जोखिमयुक्त धितोपत्र कसरी छान्ने ?

नेप्से

शनिबार, १७ पुस २०७८, १४ : ३५ मा प्रकाशित

सेयर शिक्षा : कम जोखिमयुक्त धितोपत्र कसरी छान्ने ?

धितोपत्र बजार सम्बन्धी पर्याप्त जानकारी नभएका र बढी जोखिम लिन नचाहने लगानीकर्ताहरुले सामूहिक लगानी कोषहरु (म्युचुअल फन्ड) मा लगानी गर्न सक्दछन् । यस्ता कोषहरुले लगानीकर्ताहरुलाई एकांक निष्कासन गर्दछन् र संकलित रकम विभिन्न किसिमका धितोपत्रहरुमा दक्ष तथा ब्यावसायिक रुपमा लगानी गर्ने कोषहरुको उद्देश्य रहेको हुन्छ ।

यसरी गरिएको लगानीबाट प्राप्त प्रतिफलमा कोषले व्यवस्थापन शुल्क तथा अन्य खर्चहरु कटाई बाँकी रकम सम्बन्धित लगानीकर्ताहरुलाई नै वितरण गर्दछ ।

म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन् । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुँदैन । लगानीकर्ताले आफुँसंग भएको एकांक जनुसुकै समयमा बेच्न सक्छन् र किन्न पनि सक्छन् । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ ।

म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्व निर्धारित समयावधिमा लगानीकर्ताले योजनाको एकांक किन्न पाउँछन । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा एकांक बिक्री गर्छन् ।

धितोपत्र भनेकाे के हाे ?

सरकार तथा कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो । सरकार तथा संगठित संस्था (कम्पनी) हरुद्वारा निष्कासन तथा विक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषका एकांक लगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन भनी परिभाषित गरेको छ ।

नेपालमा पहिलो पटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए । सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निस्कासन गरेको थियो । निजी क्षेत्रबाट वि.सं.२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरुमध्ये हिमालयन बैंकले वि.सं.२०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।

(श्राेत : नेपाल स्टक एक्सचेञ्ज)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको