Like us!
Follow us!
Connect us!
Watch us!

सी-आस्वा शुल्कमा बैंकहरुको मनपरी, कुनले कति लिन्छन् र कुनले दिन्छन् निशुल्क सेवा ?

अर्थ संसार

मंगलबार, २० पुस २०७८, ०७ : ०६ मा प्रकाशित

सी-आस्वा शुल्कमा बैंकहरुको मनपरी, कुनले कति लिन्छन् र कुनले दिन्छन् निशुल्क सेवा ?

आईपिओमा आवेदन गर्ने लगानीकर्ताहरुको संख्यामा उल्लेखिय बृद्धि भएसंगै विभिन्न बैंकहरुले पनि विगतमा निशुल्क दिईरहेको सी-आस्बा सेवामा भने अब धमाधम शुल्क लिन थालेका छन् । केहि महिना अघिसम्म पनि निशुल्क सिआस्वा सेवा दिईरहेका सानिमा बैंक र सिद्धार्थ बैंकले पनि अव आईपिओ आवेदन गर्दा सिआस्वा सेवा वापत शुल्क लिने भएका छन् । 

लगानीकर्ताहरुले बैंक मार्फत सेयरको आवेदन गर्दा कतिपय बैंकहरुले निशुल्क सेवा दिईरहँदा कतिपय बैंकहरुले भने ग्राहकहरुबाट मनपरी शुल्क लिइरहेको पाइएको छ । 

लगानीकर्ताहरुबाट सिआस्वा शुल्क वापत सबैभन्दा चर्को सेवा शुल्क असुल्ने बैंकमा स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । बैंकले ग्राहकबाट एक पटक सेयर आवेदन गर्दा १०० रुपैयाँ शुल्क लिने गरेकोे छ कतिपय बैंकहरुले १०० रुपैयाँ शुल्क लिने गरेको पाइएको छ । 

केहि महिना अघि।सम्म पनि नेपालका जम्मा २७ वटा वाणिज्य बैंकहरु मध्यमा १० वटा वाणिज्य बैंकहरुले लगानीकर्ताहरुलाई निशुल्क सिआस्वा सेवा प्रवाह गरिरहेका थिए तर अहिले त्यो संख्या घटेर जम्मा ६ पुगेको छ भने बाँकि २१ वटा बैंकहरुले लगानीकर्ताहरुबाट सिआस्वा शुल्क लिईरहेका छन् । 

कतिपयले निशुल्क रुपमा नै प्रवाह गरिरहेको सेवा मा कतिपय बैंंकहरुले मनपरी शुल्क असुल्दा समेत नियामक निकाय नेपाल राष्ट्र बैंक भने बेखबर जस्तै जेखिएको छ ।

सी(आस्बा सेवा हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले दिन्छन् । जसमध्ये ६ वटा वाणिज्य बैंकले निःशुल्क सी-आस्बा सेवा ग्राहकलाई दिइरहेका छन् भने २१ वटा वाणिज्य बैंकहरुले शुल्क लिएर यस्तो सेवा प्रदान गर्ने गरेका छन् । शुल्क लिने बैंकबाट सेयर अर्थात् आईपीओ भर्दा सेयर परे पनि नपरे पनि लगानीकर्ताले आवेदन वापतको सेवा शुल्क तिर्नुपर्ने हुन्छ ।

सी(आस्बा सेवा वापत प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल बंगलबादेश बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, सिद्धार्थ बैंक र सनराइज बैंकमा खाता रहेका लगानीकर्ताले सेयरमा आवेदन दिँदा बैंकलाई प्रति आवेदन १० रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यसैगरी, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक, सानिमा बैंक र कुमारी बैंकमा खाता रहेकाहरुले २० रुपैयाँ सी-आस्बा तिर्नुपर्नेछ छ । लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक र नेपाल एसबिआई बैंकमा खाता रहेका लगानीकर्ताले प्रतिआवेदन २५ रुपैयाँका दरले सिआश्वा सेवा शुल्क बुझाउनु पर्नेछ ।

अहिले कम्पनीले जारी गर्ने आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या ह्वात्तै बढेका् छ पछिल्लो समय आईपिओ निष्काशन गर्ने कम्पनीहरुको आईपिओमा २० लाख भन्दा बढिको संख्यामा आवेदन पर्ने गरेको छ ।

अघिल्लो बर्ष २०७७ मा १८ वटा कम्पनीले आईपिओ जारी गरेका थिए । न्यूनतम १० रुपैयाँ शूल्क लिने बैंकहरुबाट आवेदन दिने लगानीकर्ताहरुले पनि अघिल्लो बर्ष १८० रुपैयाँ सिआश्वा शुल्क तिरेकाछन् । अहिले आवेदन दिने लगानीकर्ताहरुको संख्या बढेसंगै आईपिओ पाउन भाग्य कै भर पर्नुपर्ने अवस्थामा आईपिओ नपरेपनि सी-आस्बा शुल्कमै राम्रो रकम तिर्नुपर्ने अवस्था देखिन्छ । 

यी हुने निशुल्क सि-आस्वा सेवा दिने बैंकहरुः 

कतिपय बैंकहरुले आईीपओ आवेदनकहरुबाट मनपरी शुल्क लिइरहदा अझै पनि ६ वटा वाणिज्य र्बैकहरुले भने निशुल्क सेवा दिइरहेका छन् । नबिल बैंक, मेगा बैंक, ग्लोबल आईएमइ बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र एनसीसी र्बैक रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको