एसवाई प्यानल नेपाल लिमिटेडले यही कात्तिक १९ गते (नोभेम्बर ५, २०२५) बाट सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर वितरण गरिसकेको छ भने अब दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) बाट स्वीकृति प्राप्त गरेको छ।
पहिलो चरणमा कम्पनीले
आयोजना प्रभावितहरूलाई २ लाख ६१ हजार ६२७ कित्ता,
वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई ४ लाख ९७ हजार ९२ कित्ता सेयर वितरण गरिसकेको छ।
कम्पनीले बाँकी सेयरमध्ये
१ लाख ४९ हजार १२७ कित्ता आफ्ना कर्मचारीका लागि,
२ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखी,
अब बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो।
आवेदन दिने इच्छुक सर्वसाधारणले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म सेयर माग गर्न सक्नेछन्।
यसका लागि कम्तीमा रु १ हजार देखि बढीमा रु ५० लाख सम्म लगानी गर्नुपर्नेछ।
आइपीओमा आवेदन दिने अवधि कात्तिक १९ गतेदेखि सुरु भई कात्तिक २३ गतेसम्म खुला रहनेछ।
यस कम्पनीको आइपीओलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस’ क्रेडिट रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने मध्यम स्तरको सुनिश्चितता जनाउँछ।
प्रभु क्यापिटल लिमिटेड यस आइपीओको निष्कासन तथा बाँडफाँड व्यवस्थापन गर्ने बिक्री प्रबन्धकको भूमिकामा रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस