Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, २० पुस २०७८, ०८ : ०५ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि भोलि पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पौष १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको