Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र प्रभु बैंकका सीईओ : कसको तलव कति ?

अर्थ संसार

मंगलबार, २० पुस २०७८, १४ : ३४ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र प्रभु बैंकका सीईओ : कसको तलव कति ?

प्रभु बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड दुवैकाे वार्षिक साधारण सभा सम्पन्न भइसकेकाे छ ।

ग्लोबल आईएमई बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सम्पन्न भएकाे थियाे । सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

त्यस्तै, प्रभु बैंक लिमिटेडकाे बीसौँ वार्षिक साधारण सभा पौष १८ गते, आइतबार बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा सम्पन्न भएकाे थियाे । सभामा बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

आज हामी यहाँ दुवै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूकाे तलवकाे बारेमा कुरा गर्नेछाैँ । गत आर्थिक वर्षमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले भन्दा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले २.५ गुणा बढी तलव बुझेका छन् ।

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले गत आर्थिक वर्षमा तलव/भत्ता बापत कूल ३ करोड ५३ लाख रुपैयाँ बुझेका छन् । उनले भत्ता बापत २ करोड ७४ लाख रूपैयाँ, कर्मचारी बोनस ४१ लाख ६५ हजार रूपैयाँ र बिदा बापत ३७ लाख ३६ हजार रूपैयाँ बुझेका हुन् ।

यता ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले गत आर्थिक वर्षमा तलव/भत्ता बापत कूल १ कराेड ४१ लाख ४७ हजार ४ सय १० रूपैयाँ बुझेका छन् । जसमध्ये, तलव बापत ७३ लाख ३२ हजार रूपैयाँ, भत्ता बापत ४८ लाख ६० हजार रूपैयाँ, सञ्चय काेष बापत ७ लाख ३३ हजार २ सय रूपैयाँ, दशैँ भत्ता बापत १० लाख ५३ हजार रूपैयाँ, टेलिफाेन र माेबाइल खर्च ५७ हजार ३ सय ९० रूपैयाँ, सवारी साधन मर्मत बापत १९ हजार ४ सय २० रूपैयाँ र इन्धन बापत ९२ हजार ४ सय रूपैयाँ बुझेका छन् । याे विवरण २०७७ साल श्रावण १ गतेदेखि २०७७ साल श्रावण ३२ गतेसम्म रहेका का.मु. प्रमुख कार्यकारी र २०७७ साल भदाै १ पश्चात् कायम रहेका प्रमुख कार्यकारी अधिकृतकाे संयुक्त विवरण हाे ।

महेश शर्मा ढकाल २०७७ साल श्रावण १ गतेदेखि २०७७ साल श्रावण ३२ गतेसम्म ग्लोबल आईएमई बैंककाे कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा थिए । हाल बैंककाे प्रमुख कार्यकारी अधिकृतमा रत्न राज बज्राचार्य रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको