Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरको डाउन ट्रेन्ड  ब्रेक, इन्डेक्स ५० दिनको मुभिङ्ग एभरेज भन्दा माथि !

अर्थ संसार

बुधबार, २१ पुस २०७८, १३ : ०० मा प्रकाशित

हाइड्रोपावरको डाउन ट्रेन्ड  ब्रेक, इन्डेक्स ५० दिनको मुभिङ्ग एभरेज भन्दा माथि !

१८ अगस्ट २०२१ मा ३९६४ को बिन्दुसम्म पुगेको हाइड्रोपावरको इन्डेक्समा व्यापक उतार चढाव हुँदै १३ डिसेम्बर २०२१ मा २४८७ को बिन्दुसम्म झरेको थियो। छोटो समयमै करिब ३७.२५% ले झरेको हाइड्रो इन्डेक्स आज बुधवार उच्च अंकले बढिरहेको छ। 

३९६४ बाट झर्दै गर्दा यस अघि पनि हाइड्रो इन्डेक्स नबढेको होइन।  ३९६४ बाट खसेर ३०५८ को बिन्दुसम्म पुगेर फेरी त्यहाँबाट बढ्दै ३६४९ को बिन्दुसम्म पुगेको थियो।  त्यहाँबाट खसेको हाइड्रो इन्डेक्स २४७९ को बिन्दुसम्म आइपुग्यो र फेरी बढ्न थाल्यो।  ३३३७ को बिन्दुसम्म पुगेको इन्डेक्स फेरी झर्दै २४८३ को बिन्दुसम्म पुगेर त्यहाँबाट बढिरहेको छ। 

प्राविधिक रुपमा आज देखिएको महत्वपूर्ण कुरा चाहिँ आज हाइड्रोपावर इन्डेक्समा बनेको क्यान्डलले हाइड्रो इन्डेक्स यस अघिको अल टाइम हाइ ३९६४ बाट खस्दै गर्दा बनेको डाउनट्रेन्डलाइ ब्रेक गरेको छ।  यस अघि विभिन्न चरणमा बजार बढ्दै गर्दा त्यो डाउन ट्रेन्डलाइ ब्रेक गर्न सकेको थिएन।  तर आज हाइड्रो इन्डेक्सले २९५० को बिन्दुलाई क्रस गर्दै गर्दा त्यो बलियो डाउन ट्रेन्डको रेसिस्टेन्स लाइन ब्रेक भएको छ।  

लगानीकर्ताहरुले अब ध्यान दिनुपर्ने कुरा भनेको हाइड्रोले गरेको त्यो ब्रेकआउट भ्यालिड हुन्छ कि हुँदैन भन्ने कुरा हो।  यदि आज दिनभरिको कारोबारमा हाइड्रो इन्डेक्स २९५० भन्दा माथि नै बस्न सफल भयो र कारोबार रकम पनि एभरेजको तुलनामा बढी आउन सफल भयो भने यो ब्रेक आउट भ्यालिड ठहर्छ ।

 २९५० कै बिन्दुबाट ५० दिनको मुभिंग एभरेजको लाइनलाइ पनि हाइड्रो इन्डेक्सले ब्रेक गरेको हुँदा अब २९५० को बिन्दुलाई हाइड्रोका लगानीकर्ता हरुले विशेष महत्वका साथ हेर्नुपर्ने देखिन्छ।  ५० दिनको मुभिंग एभरेजभन्दा प्राइस क्यान्डल माथि बस्नुले मिड टर्ममा बजार बुलिश भएको बुझाउँछ ।

61d54748f00c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको