Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको साधारण सेयरमा लगानीकर्ताको आकर्षण, पहिलै दिन ४ गुणा आवेदन  (फोटो फिचर)

बुधबार, १० कार्तिक २०७३, १२ : १५ मा प्रकाशित

अरुण काबेलीको साधारण सेयरमा लगानीकर्ताको आकर्षण, पहिलै दिन ४ गुणा आवेदन  (फोटो फिचर)

अर्थ संसार
काठमाडौं– अरुण काबेली पावर लिमिटेडले निस्कासन गरेको साधारण सेयरमा पहिलो दिन मंगलबार ४ गुणा आवेदन परेको छ । अरुण काबेलीले आवेदन खुला गरेकै दिन १ अर्ब ३० करोड रुपैयाँको आवदेन परेको कम्पनी सचिव श्रृजना खड्काले जानकारी दिइन् । 

अरुण काबेलीले सर्वसाधारण लगानीकर्ताहरुका लागी कातिक ९० देखि ३० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको छ । सर्बसाधारणका लागि १ सय रुपैयाँ दरका ३० लाख कित्ता सेयर निस्कासन गरेको हो । ‘पहिलो दिनमै लगानीकर्ताको उत्साहले हामीलाई सन्तुष्ट बनाएको छ,’ खड्काले भनिन्, ‘अझै आवेदन भर्ने तीन दिन बाँकी रहेकाले कम्पनीको सेयरमा निकै गुणा आवेदन पर्ने सजिलै अनुमान गर्न सकिन्छ ।’ अरुण काबेलीको सेयरका लागि मंगलबार मुलुकभरका संकलन केन्द्रमा १८ हजार ३ सय ८० वटा आवेदन परेको छ । 

 

सर्बसाधारणले कम्तिमा ५० कित्तादेखि बढीमा १ हजार ५ सय कित्तासम्म सेयरमा लगानी गर्न सक्नेछन् । उक्त कम्पनीको साधारण सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथली र सिद्धार्थ बैंकका शाखाहरुमा फारम भर्न सक्ने छन् । सिद्धार्थ क्यापिटलको कार्यालय र अरुण काबेलीको कार्यालयमा एकाउन्टपेयी चेक मात्र लिने ब्यवस्था छ । कम्पनीले मुलुकभर ६४ वटा केन्द्रबाट आवेदन संकलन गरिहेको छ । 

अरुण भ्याली हाईड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेडले सहायक कम्पनीका रुपमा अरुण काबेली पावर लिमिटेड स्थापना गरेको हो । अरुण भ्यालीले संखुवासभा जिल्लाको चैनपुर र मादी राम्बेनीबीच भई बहने पिलुवाखोलाको पानी उपयोग गरी ३ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजनाको निर्माण गरेर व्यबसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ । अरुण भ्यालीले पिलुवाखोलापछि २।४ मेगावाट क्षमताको रिडिखोला आयोजनाको निर्माण गरेको छ ।

यस कम्पनीको एकल शेयर स्वामित्वमा अरुण काबेली पावर लिमिटेड  स्थापना गरि पाँचथरमा बहने काबेली नदीमा २५ मेगावाट क्षमताको जलविद्युुत परियोजना निर्माण गरिरहेको छ । अरुण भ्यालीले काबेली बि १ आयोजनाको टलरेसमा १० मेगावाट क्षमताको काबेली क्यासकेड नामक आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी बाह्य सल्लाहकारमार्फत संभाव्यता अध्ययन गर्ने कार्य गरिरहेको छ । आगामी वर्ष यस १० मेगावाट क्षमताको आयोजनाको पनि निर्माण सुरु हुनेछ ।

 आयोजनाको विद्युत बिक्रीबाट कम्पनीले पहिलो वर्ष ७६।२ करोड आय प्राप्त गर्ने प्रक्षेपण गरेको छ । यति आयमा पहिलो ५ वर्ष वार्षिक ३ प्रतिशतका दरले थप आय प्राप्त हुने कम्पनीको दावी छ । यस आयबाट परियोजना निर्माणका लागि लिएको बैंक ऋणको सावाँ तथा तथा व्याज भुक्तान गरी बचेको रकमबाट शेयरधनीहरुलाई नगद लाभांश उपलव्ध गराइने कम्पनीले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको