Like us!
Follow us!
Connect us!
Watch us!

युनिमनीको र्याफल ड्र क्याम्पियन सुरू : आइफोन १३ र सुनको सिक्का जित्ने मौका

अर्थ संसार

विहीबार, २२ पुस २०७८, १३ : ५३ मा प्रकाशित

युनिमनीको र्याफल ड्र क्याम्पियन सुरू : आइफोन १३ र सुनको सिक्का जित्ने मौका

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित ‘आइएमई  पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।

र्याफल ड्र क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट www.unimoni.qa मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । सोही क्याम्पियनको अवधि १ जनावरी २०२२ देखि १४ मार्च २०२२ (१७ पुष, २०७८ देखि फागुन ३०, २०७८) सम्म  जम्मा ६९ दिनका लागि लागु हुनेछ । 

विद्युतिय च्यानलहरुको प्रवद्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ । उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०/२० जना गरेर तल उल्लेखित तालिका अनुसार पुरस्कार विनियोजन गरिएको छ ।

सोही क्याम्पियनको बारेमा बोल्दै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले भने ,“हामी हाम्रा विश्वस्त ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको हाम्रो नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकहरूलाई उहाँहरूको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रूपमा सीधै पैसा पठाउनको लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौं । हामी सबै युनिमनी एक्सचेन्ज कतारकोे तर्फबाट म हाम्रा ग्राहकहरूमा सफलता साथै उक्तरोत्तर प्रगति को शुभकामना व्यक्त गर्न चाहन्छु । ” 

युनिमनी एक्सचेन्ज LLC “युनिमनी” वित्तीय सेवाहरूको एक विविध प्रदायक हो । युनिमनीले खुद्रा स्टोरहरू, अनलाइन र मोबाइल समाधानहरूसहित बहु ग्राहक टचपोइन्टहरू मार्फत भौगोलिक, मुद्राहरू र च्यानलहरूमा पैसाको निर्वाध आवागमनको सुविधा दिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको