Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित

अर्थ संसार

विहीबार, २२ पुस २०७८, १६ : ५४ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाचौँ वार्षिक साधारण सभा आज पौष २२ गते (बिहीबार) सम्पन्न भएको छ । साधारण सभा कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिले निर्णय गरे अनुसार चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफारनोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित समेत गरेकाे छ ।

यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिएको छ । त्यसैगरी, नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्तावाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू दिप प्रकाश पाण्डे र डिल्लीराज अर्यालको कार्यकाल मिति २०७८/०१/२० सम्म रहेकोमा सञ्चालक समितिबाट आगामी साधारण सभा सम्मको लागि निजहरूको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने समान्य प्रस्तावहरू पनि पारित गरिएको छ ।

सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधामा वृद्धि पनि गरिएको छ । कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१) (ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गरिएको छ । कम्पनीको प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पारित गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको