Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले पठायो बोनस, तपाईंको खातामा आयो ? नत्र यसो गर्नुस्

अर्थ संसार

शनिबार, २४ पुस २०७८, ०८ : ३६ मा प्रकाशित

कामना सेवा विकास बैंकले पठायो बोनस, तपाईंको खातामा आयो ? नत्र यसो गर्नुस्

कामना सेवा विकास बैंकको १८ दशमलव ५० प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । 

बैंकको कार्तिक २३ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १८.५० प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले लाभांश प्रयोजनका लागि  भोलि कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गरेकाले कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा मात्र उक्त बोनस शेयर जम्मा गरिएको हो । 

कात्तिक ९ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको