Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको ४/१२ नीतिको प्रभावः करोड बढीको लोन १० प्रतिशतले घट्दा, थोरै रकम लिने बढे

अर्थ संसार

आइतबार, २५ पुस २०७८, ११ : ४० मा प्रकाशित

राष्ट्र बैंकको ४/१२ नीतिको प्रभावः करोड बढीको लोन १० प्रतिशतले घट्दा, थोरै रकम लिने बढे

चालू आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा बैंक तथा वित्तिय संस्थाहरुले सेयर धितो कर्जा शीर्षकमा १ खर्ब १ अर्ब ९५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यो रकम कर्जा प्रवाह गरेका हुन् ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार यस्तो कर्जा अघिल्लो ४ महिनाको तुलनामा ४.१ प्रतिशतले कम हो । चार महिना अघि सन् २०२१ जुलाईमा यस्तो कर्जा लगानी १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा एक करोड भन्दा बढि सेयर कर्जा रकम घटेको छ भने १ करोड भन्दा कम सेयर कर्जा रकममा भने बृद्धि भएको छ । 

उक्त प्रतिवेदन अनुसार यो ४ महिनाको समिक्षा अवधिमा १ करोड भन्दा बढिको सेयर बर्जा लगानी १०.७ प्रतिशतले घटेको छ भने, ५० लाख देखि १ करोड सम्मको लगानी ५.७ प्रतिशतले बढेको छ, त्यस्तै २५ देखि ५० लाख सम्मको कर्जा १२.३ प्रतिशतले बढ्दा २५ लाख भन्दा कम रकमको कर्जा पनि १६ प्रतिशतले बढेको छ । 

राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४ १२ को क्यापका कारण १ करोड भन्दा बढिको कर्जा लगानी केहि घटेको देखिन्छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले कुनै पनि व्यक्ति वा संस्थाले एक वित्तिय संस्थाबाट अधिकतम ४ करोड सम्म र समग्र वित्तिय प्रणालीबाट अधिकतम १२ करोड सम्म मात्र सेयर कर्जा लिन पाउने व्यवस्था गरेको थियो । 

यस्तो छ राष्ट्र बैंकको तथ्याङ्कः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको