Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा १७ प्रतिशतले घट्यो मार्जिन प्रकृतिको कर्जा !

अर्थ संसार

मंगलबार, २८ असार २०७९, ०८ : ३० मा प्रकाशित

११ महिनामा १७ प्रतिशतले घट्यो मार्जिन प्रकृतिको कर्जा !

चालु आर्थिक बर्षको ११ महिनामा मार्जिन प्रकृतिको कर्जा १७.०६ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको यहि अवधि सम्ममा १ खर्ब ६ अर्ब रहेको यस्तो कर्जा अहिले १७.०६ प्रतिशतले घटेर ८७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

यो अवधीमा बैंक तथा वित्तिय संस्थाहरुको मार्जिन प्रकृतिको कर्जा १८ अर्ब ६९ करोड रुपैयाँले घटेको हो । समिक्षा अवधिमा १ करोड भन्दा माथिको कर्जा २८.०६ प्रतिशतले घटेको छ भने २५ लाख भन्दा तलको कर्जा १६.८ प्रतिशतले बढेको छ । 

समिक्षा अवधिमा १ करोड देखि माथि र ५० लाख देखि १ करोड सम्मको मार्जिन प्रकृतीको कर्जा घटेको छ भने ५० लाख भन्दा तलको कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक निती मार्फत सेयर कर्जामा लगाएको सेयर कर्जामा लगाएको सिमाका कारण यस्तो कर्जा प्रवाह घटेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक निती मार्फत सेयर कर्जामा लगाएको सिमाका कारण सेयर बजारमा गिरावट आएको भन्दै लगानीकर्ताहरुले यसको खारेजिको माग समेत गरिरहेका छन् । सेयर कर्जामा लागेको क्यापका कारणले नै नेप्से परिसूचक करिब ४० प्रतिशतको हारहारीमा घटेको तर्क लगानीकर्ताहरुको छ । 

राष्ट्र बैंकले लगाएको क्यापका कारणले मार्जिन प्रकृतिको कर्जा त जम्मा १७ प्रतिशतले मात्र घट्यो तर यहि नितीकै कारण नेप्से परिसूचक ४० प्रतिशत भन्दा पनि बढिले घटेको छ यसको जिम्मेवारी कसले लिने एक लगानीकर्ताले प्रश्न गरे । यो नीतिले जुन ठाँउमा हिट गर्नुपर्ने थियो त्यो भन्दा बढि त अर्कै ठाँउमा हिट गर्यो त्यसैले अब यसको खारेजी नै उत्तम विकल्प हुनसक्छ उनले भने । 


 

62cce2b1977f6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको