Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद समायोजन पछिको सेयर मूल्य कति ?

अर्थ संसार

सोमबार, २६ पुस २०७८, ०६ : २६ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद समायोजन पछिको सेयर मूल्य कति ?

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १ः१.५० हकप्रद पछि नेप्सेले सेयर मूल्य समायोजन गरेको । कम्पनीको १५० प्रतिशत हकप्रद पछि कम्पनीको सेयर मूल्य ४ सय ५४ रुपैयाँ ८० पैसा कायम भएको छ । कम्पनीको आईतबारको अन्तिम कारोबार मूल्य ९ सय ८७ रुपैयाँका आधारमा मूल्य समायोजन गरिएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि आज पुस २६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर १.५ को अनुपातमा  कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । माघ ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिभिल क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री  सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकले १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डले पौष १ गते अनुमति प्रदान गरेको हो । 

61db826852d0a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको