Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आवेदन दिने समय थप

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, ०७ : २० मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आवेदन दिने समय थप

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद आवेदन दिने समय थप भएको छ । बैंकको हकप्रदमा अब माघ १२ गतेसम्म आवेदन दिन पाइनेछ ।  बैंकले १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

पुस ७ गतेबाट निष्कासन गरिएको उक्त हकप्रदमा अब माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । 

बैंकको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकको माघ १६ गते, शुक्रबार सम्पन्न भएको १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००५ हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भने जेठ २० गते, बिहीबार १ः१ को अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएको थियो । 

बैंकले यसअघि पनि आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि फागुन ३ गतेसम्म १ः१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

61dceb31571d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको