Like us!
Follow us!
Connect us!
Watch us!

भिभो भी२३ई जनवरीको मध्यमा सार्वजनिक हुने, स्टेलर क्यामरा सिस्टमसहित आउन सक्ने

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, १३ : ०८ मा प्रकाशित

भिभो भी२३ई जनवरीको मध्यमा सार्वजनिक हुने, स्टेलर क्यामरा सिस्टमसहित आउन सक्ने

विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भिभो भी२३ई छिट्टै सार्वजनिक गर्ने भएको छ। 

यो स्मार्टफोनमा स्टेलर क्यामरा सिस्टम रहने आँकलन गरिएको छ । केही लीक भएका विवरणहरुका अनुसार यसको फ्रन्ट क्यामराले उपभोक्तामा रहँदै आएको क्यामरा इनोभेशन यात्राप्रतिको विश्वासलाई फेरि एक पटक सुनिश्चित गर्नेछ । उपकरणले ५० मेगापिक्सेलको अटोफोकस (50MP AF) पोर्ट्रेट सेल्फी सुविधालाई समर्थन गर्नेछ जसले उच्च गुणस्तरको स्पष्ट र उज्यालो तस्विरहरू उत्पादन गर्नेछ । यसमार्फत युवा पींढीले कन्टेन्ट क्रियशन (सामग्री सिर्जना) भिडियो लगिङ तथा फोटोग्राफीजस्ता सिर्जनशील पेशामा लागून् भन्ने भिभोको उद्देश्य रहेको छ ।

यसै कुरालाई मध्यनजर गर्दै भी२३ई को मूल्य भर्खरै यस्ता पेशा शुरुवात गरेका उपभोक्ताले पनि खरिद गर्न सक्नेगरी निर्धारण गरिएको छ। सोसल मिडियाको प्रवृत्ति तथा फेशनको सँगतमा हुर्के बढेका पींढीका उपभोक्ताका लागि स्टाइलिश स्मार्टफोनको आवश्यकता रहेको तथ्य भिभोले मनन् गरेको छ।  

समग्रमा स्मार्टफोन व्यक्तिको निरन्तरको साथी हो। यस हिसाबले स्मार्टफोन यसलाई बोक्ने प्रयोगकर्ताजस्तै आकर्षक हुनु जरुरी छ किनकि फोन हिजोआज व्यक्तिको व्यक्तित्वको एउटा पाटो तथा संभवत स्वअभिव्यक्तिको माध्यम बनिसकेको छ।

भिभो भी२३ईमा ब्रान्डले अत्याधुनिक प्राविधिक उन्नतिमात्र समावेश नगरी उपभोक्ताले हेर्दा आनन्द महसुस गर्ने किसिमको आकर्षक बनाउन अत्याधुनिक डिजाइनलाई पनि आत्मसात् गरेको छ।   

हालसम्म भिभोको आउँदै गरेको स्मार्टफोनका बारेका बाहिर बाहिर आएका तथ्यहरु यति नै रहेका छन्। भिभो भी२३ई का बारेमा थप उत्साहजनक विवरणहरु थाहा पाउनका लागि प्रतीक्षा गर्नुहोस्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको