Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको साधारणसभा आज, १०० प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

बुधबार, २८ पुस २०७८, ०६ : २९ मा प्रकाशित

हिमालयन डिष्टिलरीको साधारणसभा आज, १०० प्रतिशत लाभांश पारित हुने

हिमालयन डिष्टिलरीको २१ औँ बार्षिक साधारणसभा आज बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा बिहान १० बजेबाट सुरु हुँदैछ ।  

सभाले गत आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्नेछ । पुस ६ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले  शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको थियो । 

कम्पनीको साधारणसभाले  आज पारित गरेपछि उक्त लाभांश वितरण गरिने छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस १६ गते बुक गरेको थियो त्यसैले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी डेढ अर्ब नाघ्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको