Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा एकै दिन करिब २ लाख जनामा कोभिड, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा संक्रमण बढ्यो

अर्थ संसार

बुधबार, २८ पुस २०७८, १० : ०० मा प्रकाशित

भारतमा एकै दिन करिब २ लाख जनामा कोभिड, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा संक्रमण बढ्यो

भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । बुधबार  एकै दिन एक लाख ९४ हजार जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो ।

भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको