Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारको प्रोफिट बुकिङ पछि आज पुनः नेप्सेमा उछाल, हाइड्राेमै किन फर्किए लगानीकर्ता ?

नेप्से

विहीबार, २९ पुस २०७८, १५ : ०५ मा प्रकाशित

बुधबारको प्रोफिट बुकिङ पछि आज पुनः नेप्सेमा उछाल, हाइड्राेमै किन फर्किए लगानीकर्ता ?

पाैष महिनाकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार अर्धसतक भन्दा धेरैले बढेकाे छ । बढेकाे बजारमा हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै हाइड्राेपावर उपसमूह बढेकाे छ ।

पछिल्लो नेप्सेको वृद्धिमा अन्य क्षेत्रको तुलनामा जलविद्युत क्षेत्रका कम्पनीहरुको मूल्य नबढेकै कारण अहिले लगानीकर्ताहरु जलविद्युत सेक्टर मै फर्किएको बताउँछन् सक्रिय लगानीकर्ता रेशम गिरी । "पछिल्लो समयको बजारमा लगानीकर्ताहरुले हरेक दिन जसो सेक्टर परिवर्तन गरीरहेका छन् पछिल्लो समय नेप्से परिसूचक २२ सयको विन्दुबाट २८०० को विन्दुसम्म आईपुग्दा अन्य सेक्टरमा र्याली आएपनी जलविद्युत कम्पनीहरुमा भने आएको थिएन त्यही भएर आज यो सेक्टर लगानीकर्ताको रोजाईमा पर्यो अर्को कुरा अन्य क्षेत्रको तुलनामा सप्लाई समेत कम भएकाले पनि लगानीकर्ताहरु यसमा लागेको हुनसक्ने देखिन्छ, दिर्घकालिन रुपमा यस्ता कम्पनीमा लगानी गर्नु त्यती उपयुक्त नहुने भएपनि अल्पकालिन कारोबारीहरुका लागि यो सेक्टर सधै रोजाइमा पर्ने गर्छ" उनले भने ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर काराेबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेकाे छ । नेप्से १.९३ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ८.९४ अंकले बढेर ५३०.८३ विन्दुमा पुगेको छ । 

कूल २२४ वटा कम्पनीकाे एक कराेड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै हाइड्राेपावर उपसमूह ४.९ प्रतिशतले बढेकाे छ ।

बिहीबार अपर तामाकाेशी कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३४ कराेड ३१ लाख ४३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ७९ रूपैयाँ २० पैसा पुगेकाे छ । 

यस दिन एनबिएल डिबेञ्चर ८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य २.०३ प्रतिशतले घटेर ९ सय एक रूपैयाँ ३० पैसामा झरेकाे छ ।

याे पनि :

बजार घट्यो भने पनि आत्तिनुपर्ने अवस्था छैन, केहि घटाउन खोजेर स्टक किन्ने प्रयास हुनेछन् Bimal Tiwari

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको