Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको साधारण सभा सम्पन्न, पुन : ४० प्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १४ : ५२ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको साधारण सभा सम्पन्न, पुन : ४० प्रतिशत हकप्रद निष्कासन गर्ने

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे आठाैँ वार्षिक साधारण सभा आज (पाैष ३० गते, शुक्रबार) सम्पन्न भएकाे छ ।

कम्पनीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे वार्षिक साधारण सभाले फेरि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे छ । 

कम्पनीकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले भएको बन्दाबन्दी तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप लगायतका कारणहरुले गर्दा यस कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना (४ मे वा) को लागतमा केहि वृद्वी भएकाले यस आयोजना निर्माण सम्पन्न गर्नको लागि आवश्यक रकम दीर्घकालिन ऋण यसै आयोजनामा लगानी गरीरहेका बैंक अफ काठमाण्डु लिमिटेड र कुमारी बैंक लिमिटेड समक्ष माग गर्ने र उक्त दीर्घकालिन ऋण प्रस्तावित हकप्रद सेयर जारी गरी भूक्तानी गर्ने गरी कम्पनीको तत्काल चुक्ता पूँजीको ४० प्रतिशत (३० प्रतिशत हकप्रद शेयर वितरण पश्चात) हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोग समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेकाे थियाे । कम्पनीको ३० प्रतिशत हकप्रद सेयर जारी पश्चात चुक्ता पूँजी रु. ३८ कराेड ६९ लाख ७७ हजार ५ सय रूपैयाँ हुनेछ । तत्पश्चात हाल स्वीकृतीका लागि प्रस्तावित ४० प्रतिशत हकप्रद सेयर निष्कासन पश्चात् चुक्ता पूँजी ५४ कराेड १७ लाख ६८ हजार ५ सय रूपैयाँ हुनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएकाे छ । यसका साथै, सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालककाे नियुक्ती अनुमाेदन गर्ने प्रस्तावहरू पारित गरिएकाे छ । 

सभाले कम्पनीकाे अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्रमा संशाेधन गर्ने प्रस्ताव पनि पारित गर्याे ।

61e13fffac692.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको