Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरकाे साधारण सभा सम्पन्न, लाभांश बीनाकाे अन्तिम एजीएम भएकाे घाेषणा

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १५ : १३ मा प्रकाशित

हिमालयन पावर पार्टनरकाे साधारण सभा सम्पन्न, लाभांश बीनाकाे अन्तिम एजीएम भएकाे घाेषणा

हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडकाे नवाैँ वार्षिक साधारण सभा आज (पाैष ३० गते, शुक्रबार) सम्पन्न भएकाे छ । 

वार्षिक साधारण सभामा बाेल्दै कम्पनीका अध्यक्ष जीवनाथ लामिछानेले लाभांश बीनाकाे याे नै अन्तिम वार्षिक साधारण सभा रहेकाे घाेषणा गरेका छन् । अर्काे वर्षदेखि आफ्ना शेयरधनीहरूको हात खाली नबनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । 

सभामा संस्थापक शेयरधनीका तर्फबाट जीवनाथ लामिछाने, चन्द्र प्रसाद ढकाल, पशुपती भण्डारी र गुरू प्रसाद ढकाल निर्वाचित भएका छन् । स्वतन्त्र सञ्चालकमा डा. हेमन्त कुमार दवाडी नियुक्त भएका छन् । त्यस्तै, सर्वसाधारणका तर्फबाट अम्बिका प्रसाद पाैडेल र दीवाकर पाैडेल निर्वाचित भएका छन् । 

उक्त सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा मिति २०७७ श्रावण १ देखि २०७८ आषाढ मसान्तसम्मको नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गरेकाे छ ।

त्यसैगरी सभामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग रकम २ लाख ७१ हजार २ सय ५० रूपैयाँलाई अनुमोदन गर्ने र कम्पनीले आफ्नो चुक्ता पुँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको