Like us!
Follow us!
Connect us!
Watch us!

विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने

अर्थ संसार

शनिबार, ०१ माघ २०७८, ०७ : ४९ मा प्रकाशित

विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने

कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ । 
सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ । यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ । 

पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको