Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति ?

अर्थ संसार

शनिबार, ०१ माघ २०७८, ०८ : ०९ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति ?

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

कुमारी बैंक लिमिटेडकाे ६ प्रतिशत बाेनस बापतकाे ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता सेयर यस साता नेप्सेमा सूचिकृत भएकाे हाे । 

कुमारी बैंक लिमिटेडको कार्तिक १६ गते, मंगलबार सम्पन्न भएकाे २१औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/०७८ को लागि ६ प्रतिशत बोनस सेयर तथा बोनस सेयर बापत लाग्ने कर प्रयोजनको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे ।

त्यसैगरी,  लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ६ लाख ४० हजार ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मंसिर १० गते, शुक्रबार सम्पन्न भएकाे दशौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

यसका साथै, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडको ८.८५ प्रतिशत बोनस बापतको २ लाख ३३ हजार १ सय ५१ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको गत वर्ष चैत ३१ गते मंगलबार सम्पन्न पाँचौं वार्षिक सभाले पारित गरेको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित सेयर सूचिकृत भएको हो  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको