Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको पर्खाइमा जीवन विकास लघुवित्तको लाभांश : कस्तो छ लाभांश क्षमता ?

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, ११ : ३७ मा प्रकाशित

लगानीकर्ताको पर्खाइमा जीवन विकास लघुवित्तको लाभांश : कस्तो छ लाभांश क्षमता ?

पछिल्लो समय नेपालको सेयर बजारमा धेरै लगानीकर्ताको रोजाईमा पर्ने गरेको जीवन विकास लघुवित्त संस्था लिमिटेडको लाभांशको विषयलाई लिएर अहिले बजारमा धेरै नै चर्चा परिचर्चा हुने गरेको छ । 

आईपीओ निष्कासनको प्रक्रियादेखि नै लगानीकर्ताहरुले यो कम्पनीलाई महिला लघुवित्तसँग तुलना गर्ने गरेका थिए । महिला लघुवित्तको तुलनामा चुक्ता पूँजी केही बढी रहेको जिवन विकासका अधिकांश सूचकहरु महिला लघुवित्तको तुलनामा सकारात्मक देखिन्छ ।  महिला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ५० प्रतिशत लाभांश घोषण गरेपछि लगानीकर्ताहरूले जीवन विकासले महिला भन्दा बढी लाभांश घोषणा गर्नसक्ने आँकलन गरिरहेका छन् । 

जीवन विकास लघुवित्तले गत आर्थिक वर्षमा मात्र सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) जारी गरेकाले कम्पनीको लाभांश इतिहासका आधारमा लाभांशको अनुमान लगाउन सकिने अवस्था छैन । गत आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणका आधारमा कम्पनीले कति लाभांश दिन सक्ला भन्ने अनुमान गर्न भने सकिन्छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०१.९७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको साेही अवधिमा संस्थाले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४९.२९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ९४ करोड ८९ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३१५ रूपैयाँ २२ पैसा रहेको छ । संस्थाको चुक्ता पूँजी ६० करोड ८४ लाख रूपैयाँ छ । संस्थाको जगेडा कोषमा एक अर्ब ३० करोड ९४ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा पुगेको थियाे । यता महिला लघुवित्तको प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेको छ । प्रतिसेयर आम्दानीमा पनि महिला लघुवित्तको तुलनामा जीवन विकास नै अब्बल देखिएपछि संस्थाले महिलाको तुलनामा बढी लाभांश दिनसक्ने लगानीकर्ताहरुको अनुमान पछि अहिले दोस्रो बजारमा यो कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढीरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको