Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको विक्ली चार्टमा MACD ले दियो गोल्डेन क्रसओभर; सुपरट्रेन्ड पनि सकारात्मक !

बसन्त पाण्डे

आइतबार, ०२ माघ २०७८, १३ : २४ मा प्रकाशित

नेप्सेको विक्ली चार्टमा MACD  ले दियो गोल्डेन क्रसओभर; सुपरट्रेन्ड पनि सकारात्मक !

३२२८ बाट नेप्से खस्दै गर्दा नेप्सेको विक्ली चार्टमा MACD  ले डेड क्रस ओभर दिएको थियो। त्यसपछि बजारमा उतार चढाव हुँदै बजार २२५५ को बिन्दुसम्म झर्यो।  यसक्रममा नेप्से लगातार घटेको होइन, बीच बीचमा बढेको पनि थियो।  तर त्यसरी बढ्दा नेप्सेको विक्ली MACD मा गोल्डेन क्रसओभर हुन सकेको थिएन।  यसअघिका हप्ताहरुमा लगातार नेप्से बढ्दा पनि MACD ले गोल्डेन क्रस ओभर दिन सकेको थिएन ।

आज आइतबार यो हप्ताको पहिलो दिनको कारोबार हुँदै गर्दा बजार उच्च अंकले बढेपछि नेप्सेको विक्ली चार्टमा MACD ले गोल्डेन क्रसओभर दिएको छ।  विक्ली चार्टमा MACD  ले गोल्डेन क्रसओभर दिनु एकदमै सकारात्मक कुरा हो।  यसले अब बजारको यात्रा बुलिश हुने स्पष्ट संकेत गरेको छ।  

त्यस्तै अर्को महत्वपूर्ण कुरा आज बजार बढ्दै गर्दा सुपरट्रेन्ड (Length 10 ; Factor 3) इन्डिकेटर पनि हरियोमा परिणत भएको छ।  सुपरट्रेन्डलाइ एकदम विश्वसनीय इन्डिकेटरको रुपमा लिइन्छ। यसले बाइ सिग्नल दिइसकेपछि बजार बढेर नै जाने गरेको प्रशस्तै उदाहरणहरु छन।  

यसअघि नेप्से ३२२८ को बिन्दुबाट झर्ने क्रममा  २८२० भन्दा तल खस्दै गर्दा नेप्सेको विक्ली चार्टमा सुपरट्रेन्डको लाइन हरियोबाट रातोमा परिणत भएको थियो जसले बजार अब अझै खस्नेछ भन्ने संकेत गरेको थियो। आज बजार २९०० बाट उकालो लाग्दै गर्दा पुन: विक्ली चार्टमा सुपरट्रेन्डको लाइन रातोबाट हरियोमा परिणत भएको छ जसले बजार अब अझै बढ्ने संकेत गरेको छ।  

बजारको रेखा सिधा कहिले पनि हुँदैन।  बजार बढ्दो ट्रेन्डमा प्रवेश गरिसकेको इण्डिकेसन प्राय: सबै इन्डिकेटरहरुले गरिसके तापनि उतार चढाव आउंदै बजार माथि जाने हुँदा बजार घटेर हुने जोखिमप्रति पनि लगानीकर्ताहरु सचेत रहनु आवश्यक हुन्छ।  

61e3cddf4f0b3.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको