Like us!
Follow us!
Connect us!
Watch us!

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, १३ : १५ मा प्रकाशित

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । 

विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी XXX (ट्रिपल एक्स) रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ह्ह्ह् रम’ प्रिमियम वर्गको मदिरामा पर्छ । 

रमका पारखीहरुले ‘खुकुरी XXX रम’ मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेका छन् । ग्राहकहरुको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको हो । 
यसअघिका वर्षहरुमा जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ निर्यात हुने गरेको थियो । त्यहाँ निकै नै रुचाइएको गुणस्तरीय उत्पादन नै अहिले नेपाली बजारमा ल्याइएको हो । 

यो नयाँ स्वादको रम बजारमा उतार्नुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको थियो । विशेष गरी ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधी मन पराएको सो क्रममा पाइएको थियो । 

प्रिमियम ‘खुकुरी ह्ह्ह् रम’को तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रिया समेत लामो र केही फरक हुने भएकोले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य ‘खुकुरी XXX रम’को भन्दा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिनुभएको छ । ‘यो प्रिमियम क्याटेगोरीको विशेष उत्पादन हो । त्यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ ।’–महाप्रबन्ध लामिछानेले भन्नुभयो । 

विशेष रुपमा तयार गरिएको ‘स्पाइस्ड रम’ उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा सीमित परिमाणमा मात्र बजारमा जानेछ । चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने लामिछानेले जानकारी दिनुभयो । ‘स्पाइस्ड रम’को उत्पादन क्षमता आगामी वर्षदेखि भने बढाउन प्रयास गरिने उहाँको भनाई छ । 

‘आफ्ना ग्राहकहरुको अपेक्षाअनुसार यो नयाँ प्रडक्ट ल्याउन सफल हुँदा हामीलाई खुशी लागेको छ ।’ उहाँले भन्नुभयो–‘साथै आगामी दिनमा पनि ग्राहकहरुका लागि सदैव उच्च गुणस्तरको रम उत्पादन गर्न हामी प्रतिबद्ध छौं ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको