Like us!
Follow us!
Connect us!
Watch us!

‘इतिहासले भन्छ चुनावी बर्षहरुमा नेपालको सेयरबजार उच्च’

अर्थ संसार

मंगलबार, ०४ माघ २०७८, १० : १५ मा प्रकाशित

‘इतिहासले भन्छ चुनावी बर्षहरुमा नेपालको सेयरबजार उच्च’

सेयर बजार विश्लेषक एबम् लेखक रबिन्द्र भट्टराईले चुनावी बर्ष सेयरबजारका लागि एकदमै सकारात्मक हुने बताएका छन् । उनले नेपालको पूँजीबजार र चुनावी बर्षहरुको ईतिहासलाई केलाएर हेर्ने हो भने पनि चुनावी बर्षहरुमा नेपालको पूँजीबजार उच्चतम् बिन्दुमा पुग्ने गरेको बताएका छन् । 

केहि दिन अघि मात्र निर्वाचन आयोगले समेत स्थानिय निर्वाचनको मिती घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको छ । आयोगको प्रस्ताव अनुसार स्थानिय तहको निर्वाचन आगामी बर्षको बैशाख महिनाका लागि प्रस्ताव गरिएको छ । 

अहिले अर्थतन्त्रमा देखिएको तरलताको संकटलाई समेत निर्वाचनले समाधान गर्न सक्ने जानकारहरुको तर्क छ । निर्वाचन दल र तिनका नेताहरुले प्रसस्त मात्रामा पूँजीको परिचालन गर्ने र बजारमा प्रसस्त मात्रामा तरलता थपिने उनिहरुको तर्क छ । यसरी विभिन्न ठाँउमा रहेको पैसा वित्तिय प्रणालीमा आउने र चुनावका बेलामा नेता र तिनका दलहरु समेत लाखौ लगानीकर्ताहरुको प्रत्यक्ष संलग्नता रहेको पूँजी बजारका बारेमा सकारात्मक भन्ने हुँदा बजारले नयाँ बिन्दु चुम्ने उनिहरुको अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको