अर्थ संसार, काठमाडौं– काठमाडौं उपत्यका प्रवेश गर्ने चार वटा नाकामा गाडी धुने (कार वासिङ) मेसिन जडान गरिने भएको छ ।
उपत्यका प्रवेश गर्ने सवारी साधनले उपत्यकामा धुलो भित्र्याएको भन्दै काठमाडौं महानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले चारै नाकामा कार वासिङ मेसिन जडान गर्न लागेको हो ।
महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामाका अनुसार नागढुंगा, पासाङ ल्याह्मु सडकको मुड्खु भञ्ज्याङ, फर्पिङ र अरनिको राजमार्गको जगातिमा कार वासिङ मेसिन राख्न लागिएको हो ।
महाशाखाले राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ योजना सार्वजनिक गर्दै त्यस्तो बताएको हो । यसरी राखिने मेसिनले एकै पटकमा १० देखि १५ वटा सम्म सवारी साधन धुन सक्नेछ ।
सवारी साधन धोए वापत केहि शुल्क तिर्नुपर्नेछ । त्यस्तै, वातावरण विभागसँगको सहकार्यमा उपत्यका छिर्ने चार वटै नाकामा २र२ वटा प्रदुषण परिक्षण यन्त्र पनि जडान हुँदैछ ।
त्यस बाहेक उपत्यकाका बिभिन्न क्षेत्रमा थप १६ वटा प्रदुषण परिक्षण यन्त्र जडान गरिने पनि लामाले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस