Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको अप ट्रेन्ड कायमै ; अन्तिम १५ मिनेटमा २० अंकले बढ्दा १ अर्ब ७० करोडको कारोबार !

बसन्त पाण्डे

मंगलबार, ०४ माघ २०७८, १७ : २७ मा प्रकाशित

नेप्सेको अप ट्रेन्ड कायमै ; अन्तिम १५ मिनेटमा २० अंकले बढ्दा १ अर्ब ७० करोडको कारोबार !

केहि दिनदेखि लगातार बढिरहेको सेयर बजारमा आज मंगलबार १०.७८ अंकको करेक्सन देखिएको छ। आज कारोबार अवधिमा बजार बढ्ने क्रममा नेप्से २९८३ को बिन्दुसम्म पुगेको थियो।  उतार चढाव हुँदै बजार घट्ने क्रममा २९१५ को बिन्दुसम्म आइपुगेर बढ्दै गई २९३६.६६ को बिन्दुमा नेप्सेले क्लोजिंग दिएको छ। 

प्राविधिक रुपमा हेर्दा के देखियो ?

नेप्सेको चार्टमा आज बनेको क्यान्डललाइ 'स्पिनिङ्ग टप' भनिन्छ। स्पिनिङ्ग टप क्यान्डलले बजारमा खरिद चाप र बिक्रि चाप बराबरीको हाराहारीमा रहेको संकेत गर्दछ।  

नेप्सेको चार्टमा आज देखिएको सबैभन्दा सकारात्मक कुरा भनेको नेप्से घट्ने क्रममा हिजो बनेको क्यान्डलको तल्लो बिन्दु २९०५ भन्दा माथिबाटै बजार माथितिर लागेको छ।  यसले बजार घटेर सस्तो हुँदा किन्न चाहने लगानीकर्ताहरु धेरै रहेको संकेत गरेको छ।  

डेली बेसीसमा हेर्दा अन्य सबै इन्डिकेटरहरुले बजारको अपट्रेन्डमा कुनै परिवर्तन नभएको संकेत गरिरहेका छन। प्राय: सबै इन्डिकेटरहरुले आजको करेक्सन प्रोफिट बुकिङ्ग मात्रै भएको र आगामी दिनहरुमा बजारले माथितिरकै यात्रा तय गर्ने संकेत गरिरहेका छन।  

आज विशेष के भयो ? 

नेप्सेको १५ मिनेटको चार्टमा अन्तिम १५ मिनेटको अवधिमा १ अर्ब ७० करोड बराबरको कारोबार देखिएको छ। करिब ३१ अंकले घटिसकेको बजार अन्तिम १५ मिनेटमा २० अंक भन्दा धेरैले बढेको छ। त्यसरी २० अंक भन्दा धेरैले बजार बढ्दै गर्दा १ अर्ब ७० करोड हाराहारीको कारोबार हुनुले लगानीकर्ताहरुले सस्तो मुल्यमा आक्रामक खरिद गरेको स्पष्ट रुपमा देखाएको छ।  यसले भोलिका दिनहरुमा बजार बढेर माथि नै जाने संकेत गरेको छ।  

अब लगानीकर्ताहरुले ध्यान दिनुपर्ने बिन्दु कुन कुन ?

नेप्सेको पहिलो सपोर्टको बिन्दु २९०५ को एरियामा रहेको छ। नेप्से २९०५ लाइ क्रस गरेर तलतिर लाग्न थाल्यो भने २८७० देखि २८५५ को एरियामा अर्को महत्वपूर्ण सपोर्ट रहेको छ।  यदि नेप्से भोलुम सहित २८५५ भन्दा तल तल जान थाल्यो भने बजार अझै घटेर जान सक्ने सम्भावना रहन्छ।  

बजार बढ्ने क्रममा गयो भने २९८३ को बिन्दुलाई नेप्सेले क्रस गर्छ कि गर्दैन भन्ने कुरा महत्वपूर्ण रहन्छ। आगामी दिनमा बजार २९८३ भन्दा माथि जान सफल रहेमा नेप्सेले छोटो समय अवधिभित्रै ३१६० सम्मको बिन्दु चुम्न सक्ने सम्भावना प्रबल भएर जानेछ।  

61e6aa4099e38.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको