Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, ०५ माघ २०७८, १० : ५० मा प्रकाशित

नबिल बैंककाे स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको सेयर लिलामीमा, मूल्य कति ?

नबिल बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (माघ ५ गते, बुधबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ। संस्थाकाे एक लाख ६२ हजार ४ सय ९८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले माघ १८ गतेसम्म न्युनतम एक हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, संस्थाकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको