Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचिकृत ६ वटा लघुवित्तको एजीएम हुनै बाँकी, लगानीकर्ता लाभांशको पर्खाइमा

अर्थ संसार

बुधबार, ०५ माघ २०७८, १२ : ४९ मा प्रकाशित

नेप्सेमा सूचिकृत ६ वटा लघुवित्तको एजीएम हुनै बाँकी, लगानीकर्ता लाभांशको पर्खाइमा

हालसम्म पनि नेपाल स्टक एक्सेञ्जमा सूचिकृत ४४ वटा लघुवित्तहरूमध्ये ६ वटा लघुवित्तकाे साधारण सभा हुनै बाँकी छ । नयाँ सारथी लघुवित्त वित्तिय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तिय संस्था लिमिटेड, नेशनल माइक्राेफाइनान्स र आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सभा हुन बाँकी रहेकाे हाे ।

जसमध्ये, नेशनल माइक्राेफाइनान्सकाे साधारण सभा भाेलि हुँदैछ । किसान लघुवित्तले पनि लाभांश घाेषणा गरिसकेकाे छ । बाँकी ४ वटा लघुवित्तहरूले भने हालसम्म साधारण सभा आह्वान तथा लाभांश घाेषणा गरेका छैनन् ।  

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आठाैँ वार्षिक साधारण सभा भाेलि माघ ६ गते, बिहीबार क्रिक रिर्सोट, धादिङबेशी, धादिङमा बिहान ११:०० बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  संस्थाले साधारण सभा प्रयोजनका लागि पौष २७ गते देखि माघ ६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पौष २६ गते (सोमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ ३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म संस्थाले साधारण सभा तथा बुकक्लाेजकाे मिति भने ताेकेकाे छैन । 

लगानीकर्ताहरू बाँकी ४ वटा संस्थाहरूका लाभांशकाे पर्खाइमा रहेका छन् । सबैभन्दा धेरै लगानीकर्ताहरूकाे ध्यान जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांशमा छ । आईपीओ निष्कासनको प्रक्रियादेखि नै लगानीकर्ताहरुले यो कम्पनीलाई महिला लघुवित्तसँग तुलना गर्ने गरेका थिए । महिला लघुवित्तको तुलनामा चुक्ता पूँजी केही बढी रहेको जिवन विकासका अधिकांश सूचकहरु महिला लघुवित्तको तुलनामा सकारात्मक देखिन्छ ।  महिला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ५० प्रतिशत लाभांश घोषण गरेपछि लगानीकर्ताहरूले जीवन विकासले महिला भन्दा बढी लाभांश घोषणा गर्न सक्ने आँकलन गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको