Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेसँगै घट्याे काराेबार रकम, बिक्रेता हावी हुँदा भारी गिरावट

नेप्से

बुधबार, ०५ माघ २०७८, १५ : ०० मा प्रकाशित

नेप्सेसँगै घट्याे काराेबार रकम, बिक्रेता हावी हुँदा भारी गिरावट

आज (बुधबार) सेयर बजारमा भारी गिरावट देखिएको छ । हिजाे पनि बजार घटेकाे दियाे । आज पनि फेरि बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएकाे हाे । बजारमा बिक्रेता हावी हुँदा भारी गिरावट देखिएकाे जानकारहरू बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेकाे छ । नेप्से १.३१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.४३ अंकले बढेर ५३९.६५ विन्दुमा पुगेको छ । 

कूल २२८ वटा कम्पनीकाे एक कराेड १८ लाख ३७ हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

बुधबार पनि अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २० कराेड ३२ लाख २१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ सय ८७ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

आज घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.३४ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ५३ रूपैयाँमा झरेकाे छ ।

याे पनि :

बजारमा पैसा कमाउने ठूलो अवसर तर सजग हुनुपर्छ, अहिलेको बजारमा के सक्छ रिक्स, के हुन सक्छ रिवार्ड ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको