Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अफ्रिकामा सिंह र बिरालोमा पनि देखियो कोभिड

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १० : १२ मा प्रकाशित

दक्षिण अफ्रिकामा सिंह र बिरालोमा पनि देखियो कोभिड

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड  देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो ।

उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनाबरहरुले श्वास फेर्नसमेत कठिनाई महशुस गरेको बताइएको छ ।

जनाबरको  रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया  विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । यसअघि मानिसबाट जनाबरमा कोभिड सर्ने वैज्ञानिकहरुले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् । 

जनावरमा गरिएका परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने प्राप्त विवरणहरुमा जनाइएको छ । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको