Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १२ : ५० मा प्रकाशित

आरएमडीसी लघुवित्तले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

संस्थाको पाैष ३० गते सम्पन्न भएकाे तेइसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ५ प्रतिशत नगद लाभांश बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा आज (माघ ६ गते, बिहीबार) देखि जम्मा गर्न सुरू गरिएकाे संस्थाले जनाएकाे छ । 

त्यसैगरी, संस्थाले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

संस्थाकाे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेकाे छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :   

61e90ac03ed23.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको