Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बन्यो बुलिश क्यान्डल; अन्तिम ५ मिनेटमा आक्रामक खरिद !

बसन्त पाण्डे

विहीबार, ०६ माघ २०७८, १६ : ५४ मा प्रकाशित

नेप्सेमा बन्यो बुलिश क्यान्डल; अन्तिम ५ मिनेटमा आक्रामक खरिद !

साताको अन्तिम दिन आज बिहिबार नेप्सेमा बुलिश क्यान्डल बनेको छ। मंगलबार र बुधबार घटेको बजार सम्हालिंदै आज बजार ३३.०३ अंकले बढेर बन्द भएको छ।  आज बजार घट्ने क्रममा २८८३ को बिन्दुसम्म आइपुगेको थियो तर त्यहाँबाट बजार बढ्दै गएर २९३१.३४ को बिन्दुमा क्लोज भयो।  

कस्तो रह्यो आजको बजार?

हिजो ३० अंक भन्दा धेरैले घटेर बन्द भएको बजार आज सुरुवाती चरणमा पनि घटिरहेकै थियो। बजार घट्दा खासै भोलुम आउन सकेन।  नेप्से घटेर अलि तल नै आउन सक्ने र तल्लो लेभलमा गएर किनौला भनेर बसेका लगानीकर्ताहरु खासै  बजार नघट्ने देखेपछि बजार छिर्दा अन्तिम घन्टामा बजार ३० अंक भन्दा धेरैले बढेको हो।  

इन्डिकेटरहरुले के भन्दै छन?

RSI

नेप्सेको डेली चार्टमा आज RSI ६९ को लेभलमा पुगेको छ।  केहि दिन अगाडी बजार २९८३ तिर पुग्दै गर्दा RSI ७३ भन्दा माथि पुगेको थियो। हिजो र अस्ति बजार घट्दा RSI ६७ को लेभलतिर झरेको थियो। आउने दिनहरुमा RSI ७० भन्दा माथि जान्छ कि जादैन भन्ने कुरा महत्वपूर्ण हुनेछ।  RSI ७० भन्दा माथि माथि नै बस्न सक्यो भने बजारको यात्रा अझै माथिको हुनेछ।  

MACD

MACD ले नेप्से २४०० को बिन्दुतिर हुँदै गोल्डेन क्रसओभर दिएको थियो। MACD ले गोल्डेन क्रसओभर दिइसकेपछि बजार बढ्ने गर्दछ। अहिले पनि MACD  लाइन सिग्नल लाइनभन्दा धेरै माथि छ।  यसले बजारमा अपट्रेन्ड कायमै रहेको संकेत गर्दछ।  तर MACD का हिस्टोग्रामहरु लगातार घटिरहेका छन।  यसले बजारमा खरिद चाप कम हुँदै गएको संकेत गरेको छ।  आउने दिनहरुमा MACD का हिस्टोग्रामहरु लामा लामा हुँदै गए भने बजार एग्रेसिभ रुपमा माथितिर जानसक्ने सम्भावना प्रबल भएर जानेछ।  

बुलिंगर ब्याण्ड 

गत आइतबार सम्म बुलिंगर ब्यान्डको अपर ब्याण्डलाइ सपोर्ट बनाउँदै क्यान्डलहरु बनिरहेका थिए।  सोमबारदेखि क्यान्डलहरु बुलिंगर ब्याण्डकोअपर ब्याण्ड भन्दा तल तल बन्न सुरु गरेका थिए जसले बजारले मोमेण्टम लुज गर्दै गएको संकेत गर्दछ।  आउने दिनहरुमा डेली क्यान्डल अपर ब्याण्डसम्म बजार जान्छ कि जाँदैन र यदि गयो भने त्यो लेभलमा पुगेर बुलिंगर ब्यान्डको अपर ब्याण्ड भित्र भित्रै बस्दै क्यान्डलहरु बन्दै जान्छ कि जाँदैन भन्ने कुराले महत्वपूर्ण अर्थ राख्दछ। यदि त्यसरी अपर ब्याण्ड भित्र बस्दै अपर ब्याण्ड सँगै क्यान्डलहरु बन्न थाले भने बजारमा एग्रेसिभ बुलिशनेस आउनेछ। 

अन्तिम ५ मिनेटमा के भयो ? 
आज अन्तिम ५ मिनेटमा आक्रामक खरिद भएको छ। लगानीकर्ताहरुमा मनोबल बढ्दै जाँदा अन्तिम ५ मिनेटकै अवधिमा ९० करोड भन्दा बढीको कारोबार भएको हो।  अन्तिम ५ मिनेटको अवधिमा नेप्से पनि १० अंकले बढेको देखिन्छ।  यसरी नेप्से इन्डेक्स दोहोरो अंकले बढ्दा ९० करोड भन्दा बढीको कारोबार हुनुले आगामी दिनमा बजारको यात्रा माथितिरकै हुने सम्भावना बढेर गएको छ।

61e9486da2416.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको