Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा कति?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, ०६ : ५२ मा प्रकाशित

नबिल बैंकको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा कति?

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब एक करोड ६० लाख २३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ३५.१३ प्रतिशतले बढेर ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ८.६० प्रतिशतले बढेर ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ५८ करोड ८६ लाख ११ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २३ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ea09e191e7f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको