Like us!
Follow us!
Connect us!
Watch us!

शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द हुने

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १५ : ४४ मा प्रकाशित

शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द हुने

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको थियो।

आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। 
 
राजधानीमा हनुमानढोका दरबार संग्रहालयका साथै मुख्य रूपमा राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालयलगायत संग्रहालय छन्।

कोरोना बढ्दै गएपछि सरकारले भिडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्रहालय पनि बन्द गर्न लागेको हो।

अर्को सूचना जारी नभएसम्म संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको विज्ञप्तिमा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको