Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको नाफामा सामान्य सुधार, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १५ : ५७ मा प्रकाशित

मेगा बैंकको नाफामा सामान्य सुधार, ईपीएस कति ?

मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ३९ करोड ९९ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ३० करोड ४४ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने २.१३ प्रतिशतले घटेर २ अर्ब ६४ करोड २१ लाख ९१ हजार रूपैयाँमा झरेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ६९ करोड ९८ लाख ३१ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १०.५९ प्रतिशतले बढेर २ अर्ब २ करोड २० लाख ६३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले एक अर्ब ८२ करोड ८४ लाख ५१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ८२ करोड ५१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ७१ करोड ३१ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६ पैसा रहेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको