पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार १ सय ८७ वटा नमुना परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा कोरोना पोजेटिभ देखिएको हाे । जसमध्ये, काठमाडौंका ३७६२, ललितपुरका १११० र भक्तपुरका ४३४ जना संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३ सय १२ र ५ हजार ७ सय २५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ८ जना डिस्चार्ज भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस