Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने, कसले दिने आवेदन ?

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, ०६ : १८ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने, कसले दिने आवेदन ?

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रदमा आज माघ ११ गतेबाट आवेदन दिने सकिने छ । कम्पनीको बुक क्लोज अघि एक सय कित्ता सेयर खरिद गर्ने सेयरधनीहरुले ३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पौष १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा फागुन २ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री ग्लोबल आइएमई क्यापिटल, छ्याङ्दी हाइड्रोपावर लिमिटेडको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको