पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २५ हजार ९ सय ९ वटा नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । १८ हजार एक सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४ सय ३२ र ७ हजार ८ सय ६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४० जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस