Like us!
Follow us!
Connect us!
Watch us!

सिटामोल लगायतका औषधि सहज उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, २० : ०९ मा प्रकाशित

सिटामोल लगायतका औषधि सहज उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले सिटामोल लगायतका औषधि सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुलुकभरका अस्पताल तथा औषधि पसलमा पर्याप्त मात्रामा सिटामोल/प्यारासिटामोलको व्यवस्था मिलाउन र त्यसबारेको प्रतिवेदन ल्याएर छलफलमा आउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले आवश्यक व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ। देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै रिटमा अन्तरिम आदेश मागदाबी गरिएको थियो ।

 'हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोल/प्यारासिटामोल देशभरीका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन बाञ्छनिय देखिएको हुँदा सबै तहका सरकारहरू बीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल/प्यारासिटामोल लगायतका अन्य औषधिहरूको तत्काल सहज वितरको विशेष प्रबन्ध मिलाउनू' आदेशमा भनिएको छ । 

सिटामोल लगायतका औषधिको सहज उपलब्धताबारे गरेका कामको प्रतिवेदन लिई छलफलमा आउन पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ । 

पछिल्लो समय कोरोना संक्रमितको संख्या उच्च गतिमा बढिरहँदा औषधि पसलहरुमा सिटामोल अभाव रहेको सर्वसाधारणको गुनासो छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको