Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ ओरालो यात्रामा सेयर बजार, किन घट्दैछ लगानीकर्ताको मनोबल ?

नेप्से

बुधबार, १२ माघ २०७८, १५ : ०१ मा प्रकाशित

दिनहुँ ओरालो यात्रामा सेयर बजार, किन घट्दैछ लगानीकर्ताको मनोबल ?

बुधबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । साताकाे पहिलाे काराेबार दिन आइतबारदेखि नै बजारले निरन्तर ओरालो यात्रा तय गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि घट्दै गइरहेकाे छ । 

बजारमैत्री सकारात्मक कुराहरू नहुँदा अहिले लगानीकर्ताहरूकाे मनाेबल घट्दै गईरहेकाे अनुभवी लगानीकर्ता सिद्धार्थ भट्टले बताए । उनले भने, "तरलताकाे अभाव पनि कायमै छ । अर्थतन्त्र बलियाे भएन भन्ने समाचारहरू पनि बारम्बार बाहिरिएका छन् । चुनावकाे मिति पनि टुङ्गाे लागेकाे छैन । लगानीकाे रणनिती बनाउनलाई ठाेस आधार नपाउँदा अहिले लगानीकर्ताहरूकाे मनाेबल घटेकाे हाे।" 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.४२ अंकले घटेर २७७६.६५ विन्दुमा पुगेकाे छ । नेप्से १.३७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.५६ अंकले घटेर ५१८.३८ विन्दुमा झरेकाे छ ।

कूल २३३ वटा कम्पनीकाे ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । 

बुधबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ७७ लाख ५७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार २ सय १६ रुपैयाँ ६० पैसा र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ६३ रुपैयाँ २० पैसा पुगेको छ । 

यस दिन पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.५९ प्रतिशतले घटेर ५ सय ५६ रूपैयाँ पुगेकाे छ । 

याे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको