Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सको नाफामा उछाल, कति पुग्यो ईपिएस ?

अर्थ संसार

विहीबार, १३ माघ २०७८, ०६ : ४५ मा प्रकाशित

जानकी फाइनान्सको नाफामा उछाल, कति पुग्यो ईपिएस ?

जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीको ३ करोड ३० लाख ४५ हजार रूपैयाँ खुद नोक्सानी थियो।

समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी पनि ६५.२९ प्रतिशतले बढेर ९ करोड ५१ लाख ७४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद व्याज आम्दानी ५ करोड ७५ लाख ७७ हजार रूपैयाँमा सिमित रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा बढेर ४ करोड २७ लाख ५१ हजार रूपैयाँमा पुगेको छ । गत वर्ष कम्पनीको सञ्चालन मुनाफा ३ करोड ४५ लाख ८७ हजार रूपैयाँ ऋणात्मक थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ६० करोड ४ लाख ११ हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ५४ लाख ९४ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ८५ पैसा पुगेको छ गत बर्षको यसै अवधीमा कम्पनीको ईपिएस ११.०१ रुपैयाँ ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः 

61f1ef15145fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको