Like us!
Follow us!
Connect us!
Watch us!

खराब कर्जा बढ्दा जानकी फाइनान्सको नाफामा पहिरो, १७ रुपैयाँले घट्यो ईपीएस

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, ०७ : ०१ मा प्रकाशित

खराब कर्जा बढ्दा जानकी फाइनान्सको नाफामा पहिरो, १७ रुपैयाँले घट्यो ईपीएस

जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिमा फाइनान्सको मुनाफामा व्यापक गिरावट आएकोे देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा फाइनान्सले २४ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९१.३४ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा फाइनान्सले २ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फाइनान्सको सञ्चालन मुनाफा पनि ८९.९३ प्रतिशतले घटेर ३४ लाख १६ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ३ करोड ३९ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सको खुद व्याज आम्दानी भने २४.६२ प्रतिशतले बढेर ५ करोड ६ लाख रुपैयाँ पुगेको छ । 

फाइनान्सको खुद ब्याज आम्दानी बढ्दा पनि खुद मुनाफामा भने पहिरो गएको छ । फाइनान्सको खराब कर्जामा आएको बृद्धिले मुनाफामा असर पारेको देखिन्छ । समिक्षा अवधिमा फाइनान्सको खराब कर्जा ५.८२ प्रतिशतले बढेर १०.२ प्रतिशत पुगेको छ । 

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ६९ करोड ४ लाख रुपैयाँ र जगेडा कोषमा २४ करोड २ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.२२ रुपैयाँले घटेर १ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको