Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सले डाक्यो एजीएम, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, ११ : २९ मा प्रकाशित

जानकी फाइनान्सले डाक्यो एजीएम, बुकक्लोज कहिले ?

जानकी फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा (एजीएम) डाकेको छ । 

कम्पनीको हिजो असार २१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६ औँ वार्षिक साधारण सभा श्रावण १३ गते, शनिबार मसाला कटेज, जनकपुरधाममा बिहान ९ बजेदेखि सुरू हुनेछ । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि श्रावण २ गतेदेखि श्रावण १३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, श्रावण १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको