Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सको मुनाफामा ५९ प्रतिशतको गिरावट, अन्य अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, १० माघ २०७९, ०७ : ३४ मा प्रकाशित

जानकी फाइनान्सको मुनाफामा ५९ प्रतिशतको गिरावट, अन्य अवस्था कस्तो ?

जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिमा फाइनान्सको मुनाफामा व्यापक गिरावट आएकोे देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा फाइनान्सले १ करोड ४५ लाख ९२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा फाइनान्सले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म फाइनान्सको सञ्चालन मुनाफा पनि ५७.९७ प्रतिशतले घटेर १ करोड ७९ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ४ करोड २७ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सको खुद व्याज आम्दानी भने ६.१५ प्रतिशतले बढेर १० करोड १० लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ६९ करोड ४ लाख रुपैयाँ र जगेडा कोषमा २० करोड ५१ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको