Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्स ४१ लाख रुपैयाँ नाफामा, कति छ ईपीएस ?

अर्थ संसार

बुधबार, २४ साउन २०८०, ११ : ३० मा प्रकाशित

जानकी फाइनान्स ४१ लाख रुपैयाँ नाफामा, कति छ ईपीएस ?

जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म फाइनान्सले ४१ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लाे वर्षको यसै अवधिमा फाइनान्स ११ करोड २८ लाख रुपैयाँ नोक्सानमा थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म फाइनान्सकाे खुद व्याज आम्दानी भने ३.९२ प्रतिशतले घटेर १६ करोड ८ लाख रूपैयाँमा झरेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा फाइनान्सकाे खुद व्याज आम्दानी १६ करोड ७३ लाख ९७ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म फाइनान्सको सञ्चालन मुनाफा ५७ लाख १९ हजार रूपैयाँ पुगेको छ । अघिल्लाे वर्ष फाइनान्स १६ करोड ३ लाख ८७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।   

चुक्ता पुँजी

फाइनान्सको चुक्ता पुँजी ६९ करोड ४ लाख ७२ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा २९ करोड ८७ लाख ८८ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

फाइनान्सकाे प्रतिसेयर आम्दानी (ईपीएस)  ०.६० रुपैयाँ पुगेकाे छ । गत वर्ष फाइनान्स प्रतिसेयर १६.३४ रुपैयाँ नोक्सानमा थियो ।

प्रतिसेयर नेटवर्थ

फाइनान्सकाे प्रतिसेयर नेटवर्थ ११२ रूपैयाँ ९४ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको