Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सुधार : जानकार भन्छन्, "आगामी सातादेखि बजार लयमा फर्कन्छ"

नेप्से

विहीबार, १३ माघ २०७८, १५ : ०५ मा प्रकाशित

नेप्सेमा सुधार : जानकार भन्छन्, "आगामी सातादेखि बजार लयमा फर्कन्छ"

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ । यस साताकाे पहिलाे काराेबार दिन आइतबारदेखि नै निरन्तर घटिरहेकाे सेयर बजारले आज भने उकालाे यात्रा तय गरेकाे हाे । 

नेप्सेमा यो पटकको करेक्सन करिब करिब सकिएको बताउँछन् अनुभवी एवंम सक्रिय लगानीकर्ता रेशम सापकोटा । बजारमा आउने यस्ता करेक्सनमा आत्तिनु भन्दा पनि यसलाई लगानीको अवसरका रुपमा लिनुपर्ने बताउदै उनले भने "आज नेप्सेमा भोलुम एकदमै कम देखियो अहिले केहि हदसम्म लगानीकर्ताहरु पर्ख र हेरको अवस्था देखिन्छन् यो साता करिब करिब नेप्से ओरालो यात्रामै रह्यो आजको सामान्य वृद्धि बाहेक नेप्से घटेकै थियो अब करिब करिब यो पटकको लागि नेप्सेको करेक्सन सकिएको हो कि जस्तो देखिन्छ । आइतबारबाट नै नेप्सेले फेरी उकालो यात्रा तय गर्ने सम्भावना म देख्छु तर अहिले तत्काल नै ठुलै उछाल त आउने सम्भावना देखिँदैन तर अब पुनः एकपटक नेप्सेमा कम्तिमा पनि ३-४ सय अंकको उछाल आउने देखिन्छ यो बेला भनेको सेयर किन्ने बेला हो तर राम्रोसँग अध्ययन गरेर मात्र उनले भने ।" 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.२९ अंकले बढेर २७७९.९३ विन्दुमा पुगेकाे छ । नेप्से ०.१२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.३८ अंकले बढेर ५१८.७२ विन्दुमा पुगेको छ । 

कूल २२४ वटा कम्पनीकाे ६६ लाख ७५ हजार २ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेको छ ।

बिहीबार नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २० कराेड २ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले आजै मात्र गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । 

बिहीबार २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । विन नेपाल लघुवित्तकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ३ सय ३८ रूपैयाँ २० पैसा पुगेकाे छ । बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ९ रूपैयाँ ५० पैसा पुगेकाे छ । 

आज सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.१४ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४५ रूपैयाँ १० पैसामा झरेकाे छ ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँगकाे भिडियाे कुराकानी पनि हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको