Like us!
Follow us!
Connect us!
Watch us!

थप ८ हजार १७ जनामा कोरोना, १५ जनाकाे मृत्यु

अर्थ संसार

विहीबार, १३ माघ २०७८, १६ : ४३ मा प्रकाशित

थप ८ हजार १७ जनामा कोरोना, १५ जनाकाे मृत्यु

पछिल्लो २४  घण्टामा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्हमा दिएको जानकारी अनुसार  पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १५ हजार ७३६  जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र  छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा काेराेना संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् भने  १५ जनाको मृत्यु भएको छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको