Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश !

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, ०७ : २२ मा प्रकाशित

अजोड इन्स्योरेन्सले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश !

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीको माघ १३ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा फागुन ६ गते शुक्रबार युनाईटेड वल्ड ट्रेड सेन्टर ञिपुरेश्वर काठमांडौमा बिहान ११ बजेबाट सुरु हुने छ ।  ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गर्नेछ । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः 

61f3494fb0ec9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको